कोशीका पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गर्ने विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ

शनिबार, ०५ माघ २०८१
झापा : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षीस्थित दोमुखामा नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा थापामाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । पूर्व मुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । पक्राउ पर्नेमा शिवसताक्षी ११ का ४१ वर्षीय भक्तबहादुर कटवाल र कनकाई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । “पूर्वमुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किंदै हुनुहुन्थ्यो । बाटोमा हातपात भएछ । ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ,” अधिकारीले भने । पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा १ झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए । उनले भने, “हामी निवास फर्किंदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्‍यो ।” आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । बिर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किएका छन् । प्रहरीले आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ । यो पनि – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्वव थापामाथि झापामा आक्रमण, बक्सिङले आँखामा हानेपछि…

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार