विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सञ्चालन गर्दै आएको “प्रदेश प्रहरीसँग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरूबीच प्रत्यक्ष टेलिफोन संवाद भएको छ ।
आइतबार सञ्चालन भएको “प्रदेश प्रहरीसँग प्रमुख” कार्यक्रममा पहाडी जिल्ला सोलुखुम्बु र ओखलढुंगाका दुर्गम भेगका प्रहरी इकाईहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी)राजन अधिकारी समक्ष आफ्ना समस्या राखेका थिए ।
आ–आफ्नो व्यक्तिगत पीरमार्का, समस्या तथा गुनासो राखेका थिए भने आफ्नो क्षेत्रको वस्तुस्थितिबारे अवगत गराएका थिए ।
भौगोलिक रूपमा सुगमदेखि दुर्गम पहाडी र हिमाली जिल्लासमेत रहेको कोशी प्रदेशमा विभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्ष रूपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुखसमक्ष उचित पीरमार्का तथा गुनासो सम्बोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमलाई निरन्रता दिइएको हो ।
प्रतिक्रिया