फिदिमका दुई हजार सात सय ४९ जना किशोरीलाई एचपिभि खोप लगॉइदै

आइतबार, ०६ माघ २०८१
पाँचथर : पाँचथरको फिदिम नगरपालिकाका दुई हजार सात सय ४९ जना किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सरविरूद्वको (एचपिभि)खोप लगाइने भएको छ । ६ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन माघ २२ देखि २८ गतेसम्म अभियान चलाउन लागिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै नगर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत दुई हजार चार सय ५० र विद्यालय बाहिर रहेका दुई सय ९९ गरी उक्त संख्यामा एचपिभि खोप लगाउन लागिएको जनाएको हो । यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम टर्ने स्वास्थ्कर्मीहरूको भनाइ छ । नेपाल सरकारले देशव्यापी रूपमा पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग न्यूनीकरणका लागि अभियान चलाउने घोषणा गरेस‘गै फिदिमले किशोरीहरूलाई यो खोप दिन लागेको हो । खोप विद्यालय र तोकिएका केन्द्रमा गएर दिइने बताइएको छ । अभियानका लागि महिला स्वास्थ्यकर्मी र स्वयमसेवक खटाइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार