बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण

आइतबार, ०६ माघ २०८१
बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं. १ मा रहेको बराहक्षेत्र मन्दिर क्षेत्रमा सप्तकोसी नदिको कटान नियन्त्रणका लागि सरोकारवाला निकायका अधिकारीहरूले ऊर्जा जलस्रोत तथा सिचाईँ मन्त्री दीपक खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको टोलीले ऊर्जा जलस्रोत तथा सिचाईँ मन्त्री खड्कालाई कटान नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि गुरु योजनासहित ध्यानाकर्षण गराइएको हो । बराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की, बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ , सचिव सन्तोष भण्डारी, कोषाध्यक्ष रविकुमार श्रेष्ठ, सदस्य दीपक परिवार लगायतको उपस्तिथि रहेको थियो । धर्तीको पहिलो तीर्थस्थलको रूपमा परिचित बराहक्षेत्र मन्दिर क्षेत्रसहित बजार एरिया सप्तकोसी नदिको कटानको उच्च जोखिममा रहेको र यसको नियन्त्रणका लागि लिखित निवेदनसहित आग्रह गरिएको नगर प्रमुख कार्कीले जानकारी दिए । कार्कीका अनुसार विश्व हिन्दु जगतमा चार प्रसिद्ध क्षेत्रमध्ये एक प्रसिद्ध क्षेत्र सप्तकोसी नदी कटानबाट जोखिम अवस्थामा रहेको हँदा यस्तो धार्मिक ऐतिहासिक साथै पुरातात्विक महत्व बोकेको पावन भूमिको संरक्षणका लागि तटबन्ध निर्माण गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार