कांग्रेस कोशी सभापति तथा पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्नेविरूद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता

सोमबार, ०७ माघ २०८१
झापा : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्नेविरुद्ध अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दायर भएको छ । उनलाई कनकाई नगरपालिका–२, सुरुङ्गामा मुक्का प्रहार गर्ने विद्युत् प्राधिकरण शाखा सुरुङ्गाका कर्मचारी कनकाई–३ निवासी ४२ वर्षीय पृथ्वी श्रेष्ठ र शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवालमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दायर भएको हो । उनीहरूलाई अदालतबाट तीन दिनको म्याद लिएर अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको साधारणसभाबाट फर्किंदै गर्दा शनिबार साँझ थापा कुटपिट भएको थियो । बा १ झ ६५३ नम्बरको गाडीमा सवार रहेका थापालाई साइड नदिएपछि साइड दिन अनुरोध गर्दा हातपात भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार