पाँचथर गोल्डकप फागुन २४ देखि, विजेताले ११ लाख प्राप्त गर्ने

आइतबार, १३ माघ २०८१
पाँचथर : पाँचौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनको जानकारी दिएको हो । यस संस्करणका विजेतालाई ११ लाख एक हजार एक सय ११ रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा नेपाल बाहिरका २, ए डिभिजन क्लब ४, आयोजक १ र बी डिभिजन १ गरी ८ टिमले भाग लिने बताइएको छ । प्रतियोगिताका प्रत्येक खेलमा मेन अफ दि म्याचसहित म्यान अफ दि सिरिज, राइजिङ प्लेयर, वेष्ट गोलकिपर, हाइ स्कोरर, वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर र वेष्ट कोचलाई जनही पाँच हजार पाँच सय रुपैयाँ पुरस्कार दिइने छ । प्रतियोगितामा एक सय २८ जना खेलाडी र अफिसियलसहित २ सय जना दर्शकको दुर्घटना बीम पनि गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार