जनता माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि आमसञ्चार, कानुन, र इन्जिनियरिङ जस्ता विषयहरू पठनपाठनमा समावेश गर्ने योजना बनाएको र उक्त योजना सफलताका लागि शुभकामना दिँदै विद्यालयको प्रयासको प्रशंसा गरिन्।
२०१३ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालयले समयानुकूल आफूलाई परिमार्जन गर्दै सामुदायिक विद्यालयहरूको उत्कृष्ट नमुना बन्न सफल भएको पूर्व राष्ट्रपतिले बताइन्।
सुनसरी जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा विद्यालयले कोशी प्रदेश सरकारबाट सम्मान प्राप्त गरिसकेको छ। उनले भविष्यमा विद्यालयले शिक्षाको गुणस्तरलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, पूर्व मन्त्री तथा सांसद भगवती चौधरी, सांसद सपना परियार, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राई, इटहरीका मेयर हेमकर्ण पौडेल, उपमेयर सङ्गीता चौधरी, वडाध्यक्षहरू, शिक्षक, बुद्धिजीवी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले आगामी संसद् अधिवेशनमा शिक्षा सम्बन्धी विधेयक पास हुने आशा व्यक्त गरे। यो विधेयकले शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको विश्वास छ ।
प्रतिक्रिया