संविधान संशोधनलाई एमाले–काँग्रेसको मात्रै विषय नबनाऔँ : शेखर कोइराला

विहीबार, १७ माघ २०८१
विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र पेसागत बुद्धिजीवी विभागको संयुक्त आयोजनामा भएको संविधान संशोधन, आवश्यकता र चुनौती विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइराले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले भने, ‘प्रतिनिधिसभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौँ जहाँ महिला महिला नै लड्ने वातावरण बनाऔँ । दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔँ ।’ कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताए । नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिएका छन् । 'त्यो वेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो । त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अवस्था थियो ।’ कोइरालाले थपे । नेता कोइरालाले संविधान संशोधन सबैको सहमतिमा हुनुपर्ने कुरालाई जोड दिएका छन् । ‘यहाँ ओलीजीले बहुमत नपुग्ने देखेर ८७ सालमा मात्रै हुने कुरा गर्दै हिँड्नुभएको छ । तर संविधान काँग्रेसको मात्रै हो र ? एमालेको मात्रै हो र ? त्यस कारण सबैलाई समेटेर अगाडि बढ्नुपर्ने हुन्छ । शेखरले न्याय परिषद्मा भागबन्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गरे । ‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्‍यो भन्ने अवस्था छ । न्यायपालिका स्वतन्त्र हुनुपर्‍यो बरु राजाको पालामा साही आयोग समेत खारेज गर्ने हैसियत न्यायपालिकाले राख्दथ्यो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार