सभामुख भेट्न सिंहदरबार पुगे रवि, निलम्बन फुकुवाको निवेदन संसद् सचिवालयमा दर्ता गर्दै

शुक्रबार, १८ माघ २०८१
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने सिंहदरबार पुगेका छन् । लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ । घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि माग गर्ने भएका छन् । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि रवि गत पुष ८ गते सांसद पदबाट निलम्बन भएका थिए । तर, रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ । सिंहदरबार पुगेका रविले आफ्नो दलका सांसदलाई पनि भेटेर पछिल्लो अवस्था र सदनमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्ने भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार