इटहरीबाट दुई सय ३० केजी गाँजा बरामद

शुक्रबार, २५ माघ २०८१
इटहरी । इटहरीबाट प्रहरीले दुई सय ३० केजी गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको ट्राफिक समेतको संयुक्त टोलीले  इटहरी १७ कान्छी चोकमा चतराबाट इटहरीतर्फ आउँदै गरेको बा २ च ३४६५ नम्बरको टाटा सफारीलाई रोक्न खोज्दा चालकले प्रहरीलाई पेलेर गाडी भगाएका थिए। पछ्याउने क्रममा गाडी भाटभटेनी नजिकै छाडिएको अवस्थामा फेला परेको थियो। गाडीलाई इलाका प्रहरी कार्यालय पकलिमा ल्याएर  चेकजाँच गर्दा गाडीभित्र प्लास्टिकमा बेरिएको ८ पोका गाँजा फेला परेको हो। बरामद गरिएको गाँजाको तौल गर्दा दुई सय ३० केजी १५० ग्राम भएको र  फरार चालकको खोजी जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार