चोभारमा स्कुल बस दुर्घटना हुँदा चालक र विद्यार्थीको मृत्यु

आइतबार, २७ माघ २०८१
काठमाडौं : चोभारमा स्कुल बस दुर्घटना हुँदा चालक र विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रामकृष्ण मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको रहेका छन् । आइतबार अपराह्न पौने ४ बजे दक्षिणकाली नगरपालिका ३, फर्पिङको भन्ज्याङमा जुनकिरी इंग्लिस स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले पुष्टि गरे । बसमा ५० जना सवार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार