काठमाडौं : काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते भएका दुई जनाको सोमबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
गत बिहीबार बिहान ८ बजेर ४२ मिनेटमा सानदार म म पसलमा ग्यास सिलिण्डर विष्फोट भएको थियो । उक्त विस्फोटमा सोही पसलमा काम गर्ने ११ जना कामदारहरू घाइते भएका थिए।
उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया