नेसपा नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

विहीबार, ०१ फागुन २०८१
काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । भट्टराईले अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । औपचारिक रुपमा निर्वाचन परिणाम सार्वजनिक नगरिए पनि भट्टराई अध्यक्ष भइसकेका छन् । सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन् । नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । सो पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार