'नेपालमा हाब्रे' पुस्तक विमोचन

शनिबार, १० फागुन २०८१
इलाम: नेपालमा पाइने दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) को संरक्षण, पर्यटन र नीतिगत पक्षबारे जानकारी गराउने उद्देश्यले तयार पारिएको 'नेपालमा हाब्रे' नामक पुस्तक विमोचन गरिएको छ। गिरिराज बाँस्कोटाद्वारा सम्पादित उक्त पुस्तक शनिबार इलाममा सार्वजनिक गरिएको हो। पुस्तक विमोचन समारोहमा इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश वन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटवर्कका नेपाल निर्देशक आङफुरी शेर्पा तथा वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय रेग्मी लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए। रेड पाण्डा नेटवर्क र श्री दीप ज्योती युवा क्लबको प्रकाशनमा प्रकाशित यो पुस्तकमा नेपालमा हाब्रेको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विविध पक्ष समेटिएका १६ वटा लेख समाविष्ट छन्। पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाई, विप्लव भट्टराई, भीम चापागाई, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतका लेखकहरूको योगदान रहेको छ। पुस्तकले रेड पाण्डाको संरक्षण नीति निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार