नरम स्वभाव र हँसिलो मुहारका प्रकाश कसैलाई बिझाउँदैनन् । उनको नरमपन र चम्किलो मुहारका कारण पनि आज आम मानिसहरू उनीप्रति प्रभावित हुन्छन् ।
‘कसैप्रति हाँसेर बोलिदिँदा सम्बन्ध नै सुमधुर बनिदिन्छ, यो व्यक्तित्वको कुरा पनि हो,’ उनी भन्छन् ।
नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल (ई–क्यान) का अध्यक्ष समेत रहेका उनले आफूले सुरुमा सामान्य रूपमै सुरु गरेको व्यवसाय आज सयौँ मानिसहरूको नजरमा परेको सुनाउँछन् ।
स्थानीय स्तरमै निरन्तरको मिहिनेत, लगनशीलता र अथक प्रयासका कारण उनी उदाहरणीय बन्दै गएका छन् ।
उनी भन्छन्, ‘आफ्नै ठाउँमा काम गरेको आज १५ वर्ष बितिसकेको छ, यो अवस्थामा आइपुग्नका लागि निरन्तरको मिहिनेत नै हो ।’
उनले यो अवस्थामा आइपुग्नका लागि आफ्ना बुबा गोपाल लकान्द्रीलाई प्रेरणाको स्रोत ठान्छन् । ‘आज जे जति छु बुबाकै कारण छु, उहाँले मलाई पढ्नका लागि निकै प्रेरित गरिरहनुहुन्थ्यो,’ उनले सम्झिए ‘गाउँमा जन्मिएको मान्छेलाई पढ्नकै लागि धरानसम्म ल्याइपु¥याउन र यहीँ स्थापित गर्न बुबाको ठूलो साथ छ ।’
मोरङको होक्लाबारीमै रहेको श्रीमावि होक्लाबारीमा एसएलसी दिएका उनले विज्ञान विषय लिएर प्लस टु सहित स्नातक उत्तीर्ण गरे । अध्ययनकै क्रममा व्यवसाय सुरु गरेका उनले अहिले धरानलाई नै कर्मथलो बनाएका छन् ।
दीर्घकालीन रूपमा आफ्नो व्यवसायसँगै एकेडेमिक क्षेत्रका अन्य विविध कार्यक्रम सञ्चालन गर्ने उनको सोच छ । शिक्षा क्षेत्रमा नै प्रकाश दिने उनको सोच छ । त्यसैले उनी निरन्तर नडगमगाइकन अथक मिहिनेत गरिरहेका छन् ।
अहिले ई–क्यान पूर्वाञ्चलको अध्यक्ष भइकन संस्थागत विकासमा पनि उनले लगानी गर्दै आएका छन् । यहाँका विभिन्न कन्सल्टेन्सीहरूसँग सहकार्य गर्दैै उनले शिक्षा क्षेत्रमा पनि आर्थिक, भौतिक र मानसिक रूपमा लगानी गर्दै आएका छन् । कयन मानिसहरू यो क्षेत्रमा आएपनि क्षणिक समयमै पलायन भएका थुप्रै उदाहरणहरू छन् । तर, त्यसलाई चिर्दै आफ्नो सफलताको उचाईमा प्रकाश दिन प्रतिदिन लम्किरहेका छन् ।
‘कतिपय मानिसहरू यस क्षेत्रमा टिक्नै नसकेर सीमित समयमै पलायन भएको अवस्था छ,’ उनले भने, ‘निरन्तर प्रयास गर्यो भने जुनसुकै क्षेत्रमा पनि मानिस एक दिन सफल हुन्छ ।’
प्रतिक्रिया