धरान : धरान १९ मा भएको महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेस विजयी भएका छन्।
महिला फाइनलमा यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८–२४ को सहज अन्तरले पराजित गर्दै उपाधि हात पार्यो। खेलको विभिन्न क्वाटरहरूमा यलम्वरले ४–७, ११–१, ७–५, र १६–११ अंकको अग्रता बनाएको थियो।
पुरुष तर्फको प्रतिष्पर्धात्मक फाइनल खेलमा झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५–५८ को अन्तरले पराजित गर्यो। दुवै टोलीले १३–९, १२–१५, २३–११, र १७–२३ अंकको क्रममा खेल खेलेका थिए।
विजेता यलम्वर क्लबले नगद ६ हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रेड डेभिल्स क्लबले नगद ३ हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र जित्यो। त्यस्तै, पुरुष विजेता झुनाज फिटनेसले १० हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र जित्दा उपविजेता युवा जागृति क्लबले ५ हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगिताको 'मोस्ट भ्यालुएबल प्लेयर' को उपाधि महिला तर्फ यलम्वर क्लबकी निवा चेम्जोङ र पुरुष तर्फ झुनाज फिटनेसका सर्वोधन राईले जिते। निवाले व्यक्तिगत १६ अंक, जबकि सर्वोधनले ३२ अंक गरेका थिए।
विजयी खेलाडीहरूलाई सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रतियोगिता संयोजक रन्जित लिम्बु, पूर्व महिला खेलाडी झुना राई, पूर्व राष्ट्रिय खेलाडी सुदन थापा, तथा पूर्व बास्केटबल खेलाडी प्रशान्त थापाले पुरस्कार वितरण गरे।
यस प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १४ टिम सहभागी भएका थिए।
प्रतिक्रिया