अनेरास्ववियूद्वारा शिक्षाशास्त्र प्रथम वर्ष विद्यार्थी कमिटि गठन

विहीबार, १५ फागुन २०८१
भोजपुर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) भोजपुर बहुमुखी क्याम्पस तयारी समितिअन्तर्गत शिक्षाशास्त्र संकाय प्रथम वर्षका विद्यार्थीहरूको नयाँ कार्य समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा अभियान राई चयन भएका छन् भने स्वस्तिका लिम्बू उपाध्यक्ष, विनिता सुवेदी सचिव, अनिशा राई सहसचिव तथा रिता राई कोषाध्यक्ष नियुक्त भएका छन्। त्यसैगरी, निरज तामाङ, सुवास राई, इन्द्रमाया कार्की, एलिना घिसिङ, पूजा तामाङ, र निरुता राई सदस्यका रूपमा चयन भएका छन्। समितिको घोषणा भोजपुर बहुमुखी क्याम्पसमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो। कार्यक्रममा अनेरास्ववियू केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य प्रकाश सिंह राई तथा युवा संघ नेपाल केन्द्रीय स्थायी समिति सदस्य सन्दीप राईको विशेष उपस्थिति रहेको थियो। औपचारिक घोषणासँगै अनेरास्ववियूले विद्यार्थी अधिकारको संरक्षण, शिक्षाको गुणस्तर अभिवृद्धि तथा संगठनको सुदृढीकरणमा समितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। साथै, नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै विद्यार्थी हकहितका सवालमा सशक्त रूपमा अघि बढ्न आह्वान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार