महेन्द्र मोरङको घटनाप्रति नेविसंघले भन्यो, ‘हाम्रा लागि दुर्भाग्य’

विहीबार, १५ फागुन २०८१
मोरङ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बिहीबार महेन्द्र मोरङ क्याम्पस परिसरभित्र भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै यहाँ भएको घटना नेपाल विद्यार्थी संघका लागि दुर्भाग्यपूर्ण भएको समेत बताएका छन् । विज्ञप्तिमा भनिएको छ,‘यस प्रकृतिका घटनाले संघको छवि माथि प्रतिकूल असर पार्ने र विद्यार्थी आन्दोलन विरोधी गतिविधिलाई मलजल पुग्ने हुँदा समग्र विद्यार्थी आन्दोलकलाई पुनर्जागृत गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने अभिभारा बोकेको सङ्गठन नेपाल विद्यार्थी संघ लाई अनुशासन हीनता स्वीकार्य हुन् सक्दैन । तसर्थ उक्त घटनाको सत्य तथ्य छानबिन गर्न निष्पक्ष छानबिन समिति गठन गरी घटनामा संलग्न जोसुकैलाई अनुशासन को दायरामा ल्याइने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँछु ।’ नेविसंघले घटनाका सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कारबाही गर्नका लागि समेत क्याम्पस प्रशासनसँग माग गरेको छ । खास गरी बिहीबार बिहान विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थीबिच झडप हुँदा ३ जना घाइते भएका थिए । संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतर अर्थात् डा. शेखर कोइराला पक्षधर विद्यार्थीबिच झडप भएको हो । झडपमा परेर नेविसंघ केन्द्रीय सदस्य र मोरङ जिल्ला सभापतिसहित ३ जना घाइते भएको अवस्था रहेको छ । यो पनि  https://pradeskhabar.com/?p=88578 https://pradeskhabar.com/?p=88573

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार