इटहरी : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकका माग सम्बोधन नगरी बल प्रयोग गर्नु सरकारको कुशासनको उदाहरण भएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले शिक्षा ऐन ल्याउने मागसहित आन्दोलनरत शिक्षकहरूसँग वार्ता गरी एक–दुई दिनमै समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
२६ दिनदेखि जारी आन्दोलनका कारण पठनपाठन ठप्प भएको र कक्षा १२ को परीक्षा समेत प्रभावित भएको उनले जनाएका छन्।
प्रतिक्रिया