काठमाडौँ । स्मार्ट टेलिकम पीडित संयुक्त सङ्घर्ष समितिले नेपाल दूरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ ।
बिहीबार काठमाडौँको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लिएर लाइसेन्स खारेजी गरे पनि घर भाडा, बिजुली, कर्मचारी र रिचार्ज कार्ड बिक्रेताहरूको भुक्तानी नगरेको भन्दै धर्ना दिएको हो ।
धर्नामा सहभागीले नेपाल सरकार,स्मार्ट टेलिकमको सम्पत्ति लिने अनि जनताको घर भाडा नदिने रुविद्युतको महसुल नतिर्ने ? ,न्याय दे सरकार,जनताको घर भाडा विद्युत् महसुल तुरुन्त भुक्तानी गर,स्मार्ट टेलिकम कर्मचारीको तलब भत्ता पाऊ लगायतका प्ले कार्डहरू प्रदर्शन गरेर विरोध जनाएका थिए ।
प्रतिक्रिया