झापामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

विहीबार, १५ फागुन २०८१
झापा : झापामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ४ निवासी ७६ वर्षीय वृद्ध भीमप्रसाद भट्टराई रहेका छन् । जिल्लाको हल्दिबारीमा जंगलीमा हात्तीको आक्रमणबाट उनको मृत्यु भएको हो । उनी आज बिहान १० बजे चौकीविरान सामुदायिक वनमा प्रवेश गरेका थिए । हात्तीको आक्रमणबाट मृत्यु भएका उनको शव अपराह्न ४ बजे फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार