केपी ओली कपमा आज उपाधिका लागि मच्छिन्द्र र आर्मी भिड्दै

सोमबार, १९ फागुन २०८१
काठमाडौँ । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ । मच्छिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने सङ्कटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो । ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसैबिच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्व गोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार