झापामा खानेपानी अध्यक्षमा स्वतन्त्र उम्मेदवार अधिकारी विजयी

सोमबार, २० चैत्र २०७९
झापा । झापाको सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा काँग्रेस, एमाले, राप्रपा, जसपा र माओवादीका संयुक्त उम्मेद्वारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । स्वतन्त्र उम्मेदवार भीमप्रसाद अधिकारी अध्यक्ष निर्वाचित भएका हुन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उम्मेद्वारी दिएका थिए । अधिकारी १२८९ मत ल्याएर विजयी बने । अधिकारीका प्रतिस्पर्धी काँग्रेस, एमाले, माओवादी, राप्रसा र जसपा समर्थित उम्मेद्वार प्रेमप्रकाश चुँडाल १५३ मतले पराजित भए । चुडालले ११३७ मत ल्याएका छन् । अध्यक्षबाहेक अन्य उपाध्यक्ष, सचिव, कोषाध्यक्ष ३ खुल्ला सदस्य र २ महिला सदस्यमा भने चुँडाल प्यानल विजयी भएको छ । २०६५ सालसम्म नेकपा एमालेमा रहेका अधिकारी त्यसयता विवेकशील साझा पार्टीमा आबद्ध थिए । विवेकशील साझाको उद्देश्य मन नपरेको भन्दै उनी स्वतन्त्र रुपमा बसेका थिए । उपाध्यक्षमा ५ दल समर्थित राजेन्द्र उप्रेती १ हजार १ सय ६३ मत ल्याउँदै विजयी भए । सचिवमा १२०३ मत ल्याउँदै गोविन्द पौडयाल, कोषाध्यक्षमा १ हजार २ सय १५ मत ल्याउँदै खेमराज कार्की विजयी भए भने सदस्यहरुमा गोपाल खरेल, लक्ष्मीप्रसाद ओडारी र भरतकुमार श्रेष्ठ विजयी भएका छन् । यस्तै, महिला सदस्यमा सोमा प्रसाईं खरेल र हरिमाया राई विजयी भएका छन् । संस्थामा ४ हजार १२८ मतदातामध्ये २६१४ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक जनार्दन उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार