बराहक्षेत्रमा सीटी सफारी दुर्घटना हुँदा बालिकाको मृत्यु, ५ जना घाइते

विहीबार, २२ फागुन २०८१
इटहरी । सुनसरीको बराहक्षेत्रमा सीटी सफारी दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । सफारीमा सवार रहेका मृतक बालिकाका बुवासहित ५ जना दुर्घटनामा परेर घाइते भएका छन् । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका–५ मैनवारीमा बुधबार साँझ दुर्घटना भएको हो । मैनवारीबाट चक्रघट्टीतिर जाँदै गरेको प्रदेश १–०२–००४ ह १९८२ नम्बरको सफारी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । दुर्घटनामा परेर बराहक्षेत्र नगरपालिका–८ की ९ वर्षीया वविता सुवेदीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको एसपी तिम्सिनाले बताए । उनका अनुसार दुर्घटनामा मृतक बालिकाका बुवा ५५ वर्षीय राजन सुवेदी, सफारी चालक बराहक्षेत्र–८ का ३५ वर्षीय राजेन्द्र पौडेल, २५ वर्षीया मनिषा खतिवडा, मनिषकी छोरी १ वर्षीया आस्मी खतिवडा र मोरङको बेलबारी नगरपालिका–१ की २५ वर्षीया प्रमिला थापा घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार