सुनचाँदीको मूल्य बढ्यो, तोलको कति ?

विहीबार, २२ फागुन २०८१
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार