स्थानीय महिला दिदी बैनीहरुले सानो लगानीमा उत्पादन गरेका उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले मार्केट मार्च गरेको सञ्चालक राईले बताइन् ।
महिलाहरुको कामको अधिकार, समान ज्यालाको अधिकार, मताधिकारको अधिकार सहितको विद्रोहको इतिहास बोकेको ८ मार्चको इतिहासलाई स्मरण गर्दै महिलाहरुको मेहनत र संघर्षलाई प्रवद्र्धन गर्न मार्केट मार्च गरिएको सञ्चालक राइको भनाई छ ।
२० वर्षदेखि फिट्नेस प्रशिक्षकका रुपमा क्रियाशील राईले आफ्नै लगानीमा पाँच वर्षदेखि सञ्चालन गरेको झुनाज फिट्नेश एण्ड वेलनेशमा जुम्बा, एरोबिक, कार्डियो, स्पा, साउना, जिम, स्विमिङ र क्याफेको सेवाहरु दिइरहेको छ ।
मार्च स्टल दुईदिनसम्म चल्ने छ ।
प्रतिक्रिया