राजावादीको सक्रियता बढेपछि माओवादीको तराई-मधेश जागरण अभियान स्थगित

शनिबार, २४ फागुन २०८१
काठमाडौं : नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ स्थगित भएको छ । राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली अहिले रौतहटमा छ । अभियान स्थगित गरेर प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँदैछन् । अभियान र पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्न भोलि पदाधिकारी बैठक बस्ने उनले बताए । पछिल्लो समयमा राजावादी शक्तिहरूको सक्रियतापछि माओवादीले अभियान स्थगित गरेको बताइन्छ । माओवादीले फागुन १२ गते झापाबाट एक महिने अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार