नयाँ वर्ष अवसरमा चौंरी पर्यटन महोत्सव

मंगलबार, २१ चैत्र २०७९
पाँचथर /  नयाँ वर्षका अवसरमा पाँचथरको फालेलुङ गाउँपालिकामा छैठौं चौंरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ । चैत ३० गते सुरु हुने महोत्सव वैशाख २ गतेसम्म सञ्चालन गर्ने आयोजकको तयारी छ । महोत्सवका मुख्य क्रियाकलाप र प्रदर्शनी वैशाख १ गते नै सम्पन्न हुनेछन् । हिमाली क्षेत्रमा रहेका चौंरी गाई र तिनका प्रजातीको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले २०७४ सालदेखि यो महोत्सव हुँदै आएको छ । महोत्सवमा पाँच सयभन्दा धेरै चौंरी र याकको प्रदर्शनी, चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने छ । चौंरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजसँगै रौंबाट निर्माण भएका वस्त्र र हिमाली संस्कृति झल्काउन वस्तु राखिनेछन् ।      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार