पृथ्वीमा फर्किए सुनिता र बुच

बुधबार, ०६ चैत्र २०८१
वाशिंगटन : नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वीतर्फ प्रस्थान गरेका विलियम्स र विल्मोर फर्किन लगभग १७ घण्टा लागेको थियो, जो फ्लोरिडाको तटमा अवतरण भएको हो । सुनिता र बुच दुवै जना ८ दिने मिसनका लागि गत वर्ष जुनमा आईएसएस गएका थिए तर बोइङको स्टार लाइनर अन्तरिक्ष यानमा केही प्राविधिक गडबडीका कारण उनीहरू करिब ९ महिना त्यहाँ बस्नु परेको थियो । विश्व उनीहरुको सुरक्षित फिर्ताको प्रतिक्षामा रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार