काठमाडौं : पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् ।
शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन् ।
गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ । यसअघि पनि शाहले पूर्वी नेपालका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका थिए ।
शाह पोखरामा एक महिना लामो बसाइ बसेर माघ २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।
प्रतिक्रिया