लक्ष्मी ढुङ्गाना पाँचथर बहुमुखी क्याम्पसको प्रमूख नियुक्त

आइतबार, ०४ जेठ २०८२

पाँचथर : लामो समयदेखि रिक्त रहेको पाँचथर बहुमुखी क्याम्पसको प्रमूखमा लक्ष्मी ढुङ्गाना नियुक्त भएका छन्।

आइतबार सम्पन्न सञ्चालक समिति बैठकले सर्वसम्मत रूपमा उनलाई क्याम्पस प्रमूखको जिम्मेवारी दिने निर्णय गरेको हो।

ढुङ्गाना विगत दुई दशकदेखि पाँचथर क्याम्पसमा प्राध्यापन गरिरहेका छन्। यसअघि उनी निमित्त क्याम्पस प्रमूखको भूमिका निर्वाह गरिरहेका थिए।

पूर्व प्रमूख खेम खतिवडा २०५६ सालदेखि क्याम्पसमा कार्यरत थिए र गत वैशाख ७ गते उमेर हदका कारण अवकाश पाएसँगै उक्त पद रिक्त भएको थियो।

सञ्चालक समिति अध्यक्ष सुवराज थापाको प्रस्तावमा ढुङ्गानाको नियुक्ति बैठकमा उपस्थित शत प्रतिशत सदस्यले अनुमोदन गरेका थिए।

प्रमूखमा नियुक्त भएपछि ढुङ्गानाले क्याम्पसको समग्र हित र विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार