भ्रष्टाचार आरोपमा मुछिएकी सांसद मञ्जु खाँडलाई छानबिन संयोजक बनाइएकोमा आलोचना

आइतबार, ०४ जेठ २०८२

काठमाडौं : नेपाली कांग्रेसकी समानुपातिक सांसद मञ्जु खाँडलाई भ्रष्टाचार छानबिन समिति संयोजक बनाउने निर्णयविरुद्ध तीव्र आलोचना भइरहेको छ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको छानबिन गर्न बनेको अध्ययन उपसमितिको संयोजकमा खाँडलाई तोकिएपछि यो निर्णयलाई “दूधको साक्षी बिरालो” भनेर सामाजिक सञ्जालमा व्यंग्य गरिएको छ।

खाँड आफैं भ्रष्टाचार, नक्कली भुटानी शरणार्थी प्रकरण, र गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धानको दायरामा रहेकी छन्।

उनका पति तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड सोही शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन् भने मञ्जु खाँडलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउन बाध्य पारेको छ।

समितिका पूर्वसंयोजक एमाले सांसद योगेश भट्टराईले आफूविरुद्ध प्रश्न उठेपछि संयोजकबाट राजीनामा दिएपछि गत आइतबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले मञ्जु खाँडलाई संयोजक चयन गरेको हो।

यो निर्णयलाई सत्तारूढ कांग्रेसले आफ्ना नेतामाथिका आरोपको छानबिन कमजोर पार्ने प्रयत्नका रूपमा हेरिएको छ। विश्लेषकहरू भन्छन्, “जसले आफैंमाथि छानबिन भइरहेको छ, उसैले छानबिनको नेतृत्व गर्नु हितकर होइन।” यो घटनाले संसदमा नै नैतिकताको प्रश्न उठाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार