सुन्दरहरैंचा : मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन्
नेपाल विद्यार्थी संघका उम्मेदवार विजय ओझालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
यस्तै स्ववियू सचिवमा पनि गठबन्धनकै उम्मेदवार रोहन खत्री विजयी हुँदा नेविसंघका उम्मेदवार अर्जुन दाहाल पराजित बन्न पुगेका छन् ।
कोषाध्यक्षमा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेविसंघकी उम्मेदवार सविना थापा निर्वाचित भएकी छिन् ।
थापा नेपाल विद्यार्थी संघबाट निर्वाचित हुने एक्ली उम्मेदवार बनेकी छिन् । अन्य आठ सदस्यहरूमा गठबन्धनको प्यानल नै निर्वाचित भएको त्यहाँका निर्वाचन अधिकृत शुकदल लिम्बुले बताए ।
‘हामीले समानुपातिकको गणना गरेपछि मात्र औपचारिक घोषणा गर्ने छौँ ।’ लिम्बुले भने ।
सुकुनामा नेविसंघ विरुद्ध ५ संघठनले गठबन्धन गरेका थिए ।
प्रतिक्रिया