मोरङ : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विराटनगरमा परिणाम आएका २ ओटा क्याम्पसमा अखिल (क्रान्तिकारी)का उम्मेदवार विजयी बनेका छन् ।
विराटनगरको डिग्री क्याम्पसमा र विराटनगर नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको हो ।
डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ भने नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन् ।
यसै गरी महत्वका साथ हेरिएको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पनि पछिल्लो मत परिणामअनुसार अखिल क्रान्तिकारी अगाडि रहेको जनाइएको छ ।
यो पनि
https://pradeskhabar.com/?p=92367
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया