सुपादेउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेको बस सितगंगामा दुर्घटना, ४ जनाको मृत्यु, २७ घाइते

बुधबार, १३ चैत्र २०८१
बुटवल : अर्घाखाँचीको सितगंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । बिहीबार साँझ सितगंगा नगरपालिका २ स्थित भुवन पाटामा सुपा देउराली मन्दिर दर्शन गरी नवलपरासी फर्कँदै गरेको लु २ख ३०३ नम्बरको बस दुर्घटना अनियन्त्रित भई दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी बुटवल उप९महानगरपालिका ८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भूमयीकी ४५ वर्षीया उमा न्यौपाने, र पश्चिम बर्दघाटका ५ वर्षीय गाडी चालक मदन कुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृतक एक जनाको परिचय खुल्न अझै सकेको छैन । घाइतेमध्ये ६ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ भने अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। गम्भीर घाइतेमध्ये नवलपरासीका सन्तोष कँडेल, अमर कँडेल, अरुण भट्टराई, आशिष अधिकारी, लक्ष्मी अधिकारी, आन्दा अधिकारी र आयान्स अधिकारीलाई बुटवल लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार