इलाम साहित्य महोत्सव शुरु

आइतबार, २६ चैत्र २०७९
इलाम । पर्यटनका लागि साहित्य भन्ने नारा सहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ शुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा दुइदिने महोत्सव शुरु भएको हो । महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा भएको उद्घाटनमा सांसद महेश बस्नेत र इलाम नगर प्रमुख केदार थापाले शुभकामना मन्तव्य राखे । महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष विश्व पौडेलले अंक, अर्थ र आध्यात्म विषयमा सम्भाषण व्यक्त गरे । यस्तै दोस्रो कार्यक्रममा नेकपा एकिकृत समाजबादीका महासचिव घनश्याम भुषाल, नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र संग्रौला बिचमा राजनितिमा एजेण्डा कि अनुहार विषयमा राजनैतिक वहस गरिएको थियो । यस्तै युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहाल बिच लेखन सफल कि सार्थक विषयमा सम्बाद गरिएको थियो । कविहरु तिर्थ श्रेष्ठ लिला अनमोल र भुपिनबिचमा कवितामा स्थानीय चेतका विषयमा सम्बाद आयोजना गरिएको थियो । सोमबार सम्पन्न हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार