राजावादीहरूको कार्यक्रममा अश्रुग्यास प्रहार, सहभागीहरुको भागाभाग

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजना भइरहेको राजावादीहरूको कार्यक्रम बिथोलिएको छ। कार्यक्रममा अश्रुग्यास प्रहार गरेपछि सहभागीहरूमा भागाभाग मचिएको छ। सभामा सहभागी हुन विभिन्न स्थानबाट मानिसहरू प्रदर्शनमा आएका थिए। प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गरिदिएको थियो। प्रहरी घेरा तोड्न खोज्दा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको थियो। राजाका समर्थकहरूको उपस्थिति बढ्दै थिए, र सभा सुरु नहुँदै तनावको अवस्था उत्पन्न भएको थियो। कार्यक्रम बिथोलिएपछि नेताहरू कार्यक्रम स्थलबाट हिँडेर गए। प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार