काठमान्डौँमा कर्फ्यु जारी

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौँ । राजावादीहरूको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौँको विभिन्न ठाउँमा कफर्यु लगाइएको छ । प्रहरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको हो । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो । राजावादी प्रदर्शनकारी अराजक बन्दै नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । उनीहरू सर्वसाधारणका घर तथा सम्पत्तिमा समेत क्षती पुर्‍याएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार