टुँडिखेलमा सेनाले मनायो घोडेजात्रा, राष्ट्रपति र प्रधानमन्त्री सहभागी (फोटो फिचरसहित)

शनिबार, १६ चैत्र २०८१
काठमाडौं : नेपाली सेनाले शनिवार टुँडिखेलमा घोडेजात्रा पर्व मनाएको छ । सेनाले एक विशेष समारोहको आयोजना गरेर घोडेजात्रा पर्व मनाएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागी भए । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरेका थिए । सो अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन भएको थियो । चैत्र कृष्ण औँसी तिथिमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । फोटो फिचर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार