राजावादी आन्दोलनमा घाइते रेविकाको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी

बुधबार, २७ चैत्र २०८१
काठमाडौं : गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री लेखकलाई रेविकाले हात जोड्दै सुरुमा मेरो खुट्टा ठीक हुनुप¥यो र सरकारले आफ्नो भविष्य सुनिश्चित गरिदिनुप¥यो भन्दै आग्रह गरिन् । सोही क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जतिपनि घाइते भएकाछन् सबैको सरकारले निशुल्क उपचार गर्ने स्मरण गराए । बाहिरबाट औषधी किनेको भएतापनि त्यसको बिल अस्पतालका मार्फत स्वास्थ्य मन्त्रालयमा जाने र त्यो बराबरको भुक्तानि हुने पनि उनले जानकारी दिए । उनले भने,‘जतिपनि घाइतेहरु यहाँ आउनुभयो उहाँहरुको सरकारले निशुल्क उपचार गर्ने भनेर निर्णय गरिसकेको छ । सरकारको प्रतिबद्धता छ । सबै घाइतेहरुले निशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर नै म हेर्न आएको हो । बाहिरबाट औषधी किनेको भएतापनि त्यसको बिल अस्पतालका मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यो बराबरको भुक्तानि हुन्छ ।’ कोटेश्वर भाटभटेनी नजिकै रहेको डेरामा जान लाग्दा रेविकालाई गोली लागेको थियो । रेविकाको अवस्थामा केही सुधार आएसँगै हिजो आईसीयूबाट क्याबिनमा सारिएको छ । रेविकाका दाइ दिनेश भने केही दिनअघि नै डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार