काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।
आज सम्पन्न मतगणनाबाट मिश्र नेतृत्वको प्यानलै विजयी भएको हो । डा. मिश्रले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतान्तरले पराजित गरे ।
मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्। निर्वाचनबाट महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्।
मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।
प्रतिक्रिया