इटहरी : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत जवान २२ वर्षीय चन्द्र किशोर दासको आफैँले बोकेको बन्दुकको गोली लागेर ज्यान गएको छ ।
शुक्रबार गस्तीबाट फर्किएपछि हतियार परीक्षण गर्ने क्रममा पड्किएर उनको तीघ्रामा गोली लागेको थियो ।
हतियार थन्क्याउनुअघि परीक्षण गर्दा भूलबस बन्दुक पड्किएको हो ।
शुक्रबार बिहान ९ वजे दासलाई गोली लागे लगत्तै उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याए पनि बचाउन नसकिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया