प्रधानमन्त्री आज दमक आउँदै, जागरण सभालाई सम्बोधन गर्ने

शनिबार, ३० चैत्र २०८१
इटहरी : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिवार) झापा आउँदै छन् । दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा आउन लागेका हुन् । नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार एमालेको मिसन ८४ र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरूले अराजक गतिविधि बढाएको पार्टीको निष्कर्ष छ । जसका विरुद्ध दमकमा हुने सभामा १ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी उनले दिए । उक्त जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि आउने खतिवडाले बताए । https://pradeskhabar.com/archives/97837

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार