काठमाडौं : नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई निर्वाचन क्षेत्रमा नै शौचालय (ट्वाइलेट)मा थुनिएका छन्।
भट्टराई गृहजिल्ला ताप्लेजुङमा ‘नो केबलकार’ समूहले घेरा हालेपछि ट्वाइलेटमै थुनिएका हुन्।
भट्टराई सिंढी चढेर ट्वाइलेट उक्लिए, वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए। आन्दोलनकारीले ट्वाइलेटमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो।
केहीबेर पछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराई बाहिर आएका थिए। उनलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको थियो।
भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेल भएको थियो।
प्रतिक्रिया