काठमाडौँ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ ।
मङ्गलवार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ।
थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आइजिपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो ।
प्रहरी महानिरीक्षक दीपक थापाले उनको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया