मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, १४ बैशाख २०८२

विराटनगर । मोरङमा आइतबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डाइनिया–सिक्टी सडक खण्डअन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–९ लक्ष्मी टोलमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेको छ । 


सडकमा गुडिरहेका बेला आफैं अनियन्त्रित भएर बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल दिउँसो २ः१५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–९ का अन्दाजी २० वर्षीय साहवन आलमको मृत्यु भएको हो । 


प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले दिउँसो २ः५० बजेतिर मृत घोषित गरेका हुन् ।

मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार