आफ्नै छोरी बलात्कारको अभियोगमा बुबा थुनामा

विहीबार, १८ बैशाख २०८२

वीरगञ्ज : जिल्ला अदालत पर्साले आफ्नो छोरीलाई बलात्कार गरेर भिडियो बनाउने अभियुक्त बुबालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रमेश पोखरेलको एकल इजलासले अभियुक्त बाबुलाई बुधबार हाडनाता, जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

अदालतका सूचना अधिकारी रामनरेश महतोले अभियुक्त बुबालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरिएको जानकारी दिए । इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा ‘चाइल्ड सेक्युएल एबुज मेटेरिएल्स’ राखेको जानकारी साइबर ब्यूरो काठमाडौं भोटाहिटीमा प्राप्त कागजातका आधारमा अभियुक्तलाई गत चैत २२ गते वीरगञ्जबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी र साइबर ब्यूरोको संयुक्त टोलीले छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साका ३४ वर्षीय बुबालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार