कोशी प्रदेश लगानी सम्मेलन सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

विहीबार, १८ बैशाख २०८२

विराटनगर । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । 

कोशी प्रदेश सरकारको आयोजनामा दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । 

उद्घाटन शत्रको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए ।

 कार्कीले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरु अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरु अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले  प्रदेश सरकारबाट हुने कामहरु तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजिकरण गर्ने बताए । 

कार्कीले कोशी प्रदेश लागनी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको बताए।  कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरु छनोट गरिएको कार्कीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार