सुनसरीबाट ३३० केजी गाँजा बरामद

सोमबार, २२ बैशाख २०८२

इटहरी । सुनसरीबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरिएको छ। 

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो (आईतबार) ८ः४० बजेको समयमा धरान–१७ स्थित खैरबनी टोल क्षेत्रमा विशेष अपरेशन चलाएको थियो।

सो क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ अन्तर्गत पर्ने जंगल क्षेत्रमा केही व्यक्तिहरूले गाँजा बोकेर ल्याइरहेका थिए। प्रहरी देखेपछि ती व्यक्ति गाँजाका पोका जंगलमै फालेर फरार भएका थिए। 

सोही स्थानमा प्रहरीले खोजि गर्दा प्लास्टिकका ११ वटा पोकामा प्याक गरिएको अवस्थामा कुल ३३० केजी  गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

बरामद गरिएको गाँजा हाल इलाका प्रहरी कार्यालय धरानमा राखिएको र फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार