शुद्धोधन गाउँपालिका अध्यक्ष पक्राउ

मंगलबार, ०६ जेठ २०८२

बुटवल ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । 

साइबर क्राइम मुद्दामा अध्यक्ष चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार पक्राउ गरेको हो । 

जिल्ला अदालत रुपन्देहीको पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका हुन् । पक्राउ परेका अध्यक्ष चौधरीमाथि बलात्कृत महिला तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा गत जेठ १ गते रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

अदालतको आदेशपछि चौधरी केही दिन सम्पर्कविहीन थिए । मंगलबार भने उनी बुटवल आएको बेला इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । 

चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो । पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगेको छ । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार